08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

उदयपुरमा स्कार्पियो दुर्घटना, ५ जनाको मृत्यु, तीन जना घाइते




उदयपुरमा स्कार्पियो दुर्घटना, ५ जनाको मृत्यु, तीन जना घाइते


काठमाडौं, २ कात्तिक । उदयपुरको कटारी–१४ मा स्कार्पियो दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् । 
भैरहवाबाट ओखलढुंगा जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कर्पियो शनिबार राति १ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मृत्यु हुनेमा ओखलढुंगा मानेभञ्ज्याङ–९ घर भएका ४६ वर्षीय रामबहादुर सार्की र २७ वर्षीय कर्मे सार्की रहेका छन् ।  अन्यको सनाखत भएको छैन ।सिद्धिचरण राजमार्गमा पर्ने भदौरे भिरबाट स्कोर्पियो खस्दा ३ जना घाइते भएका छन् । घाइते हुनेमा रुपन्देहीका घर भएका २८ वर्षीय चालक पवन खड्का, ओखलढुंगा मानेभञ्ज्याङ–९ की १८ वर्षीया कल्पना सार्की र ३३ वर्षीया कुमारी सार्की छन् । घाइतेलाई कटारीस्थित अस्पतालमा लगिएको छ । 



Related News


यसमा तपाइको मत


Comments