11 Baishak, 2081 / 23 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

वैदेशिक रोजगारीबाट फर्केका कामदारहरुको सीप पहिचान गर्न श्रमिक बैंक सञ्चालन




वैदेशिक रोजगारीबाट फर्केका कामदारहरुको सीप पहिचान गर्न श्रमिक बैंक सञ्चालन

काठमाडौं, २ कात्तिक । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले श्रमिक बैंक सञ्चालनको कानून र कार्यविधि बनाउने र यसको आवश्यकताका विषयमा प्रचार प्रसार गर्ने काम भइरहेको बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)को मध्य पूर्व सम्मेलनलाई शनिबार सम्बोधन गर्दै मन्त्री यादवले वैदेशिक रोजगारीबाट फर्केका कामदारहरुको सीप पहिचान गर्न श्रम सूचना बैंकमार्फत तथ्यांक राख्न थालिएको पनि बताए । 
नेपाली युवायुवतीहरु वैदेशिक रोजगारीमा जान थालेको दशकौं भएपनि उनीहरु स्वदेश फर्किंदा के कस्तो सीप लिएर फर्किए त्यसको तथ्यांक नरहेकोले बैंकमार्फत तथ्यांक राख्न थालिएको उनको भनाइ छ । 

श्रम सूचना बैंकबाट स्वदेशमा रोजगारी खोजी गर्ने युवा युवती र उनीहरुलाई रोजगारी दिने  रोजगारदाता दुवैलाई लाभ पुग्ने मन्त्री यादवको भनाइ छ ।  मन्त्री यादवले बैंकले काम शुरु गरेपछि विदेशमा नेपालीले सिकेको सीप र उनीहरुले आर्जन गरेको पुँजी सबैको विवरण हुने बताए । 

नेपालमा रोजगार आकांक्षी युवा युवतीहरुको संख्या ठूलो भएपनि उनीहरुको सीपको पहिचान हुन नसकेको भन्दै मन्त्री यादवले रोजगारदाताहरुले उपयुक्त जानकारीको अभाावमा विदेशी कामदारहरुलाई रोजगारीमा लगाइरहेको बताए । 



Related News


यसमा तपाइको मत


Comments