15 Chaitra, 2080 / 28 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

खसी तथा बोकाको मूल्य निर्धारण, प्रतिकिलो ५६० रुपैयाँ




खसी तथा बोकाको मूल्य निर्धारण, प्रतिकिलो ५६० रुपैयाँ

काठमाडौं, २ कात्तिक । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसी तथा बोका बिक्रीको मूल्य प्रतिकिलो ५६० रुपैयाँ तोकेको छ । 
दाङ र मकवानपुरको मजवानपुरबाट यस वर्षको बडादशैँका लागि पहिलो चोटि खसी तथा बोका काठमाडौं आइपुगेपछि कम्पनीले मूल्य निर्धारण गरेको हो । निर्धारित मूल्यअनुसार प्रतिकिलो खसी बोकामा दश रुपैयाँ छुट दिइने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाण्डौ आइपुगेका चौपायाको सोमबार बिहान ८ बजेपछि बिक्री वितरण सुरु हुनेछ । प्रतिकिलो पाँच सय ५० का दरमा थापाथलीको प्रादेशिक कार्यालय परिसरबाट बिक्री वितरण हुने कम्पनीले जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयानुसार सरकारी स्वामित्वमा सञ्चालित तीन संस्थानले चाडपर्वलाई लक्ष्य गर्दै सञ्चालन गर्ने सुपथ मूल्यका पसलमा दिइएको छुट स्वरुप खसी बोकामा प्रतिकिलो दश रुपैयाँ छुट दिइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुुसार पहिलो चरणमा दाङबाट दुई सय र मकवानपुरबाट २०५ गरी ४०५  खसी बोका काठमाण्डौ आइपुगेको छ । यस वर्ष कम्पनीले दुई जिल्लाबाट एक हजार खसी बोका ल्याउने तयारी गरेको छ । मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको कम्पनीले गएको वर्षको तुलनामा बढी मूल्य भएपछि अन्तिममा नल्याउने निर्णय भएको जनाएको छ ।  




यसमा तपाइको मत


Comments