16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

देशका केहि भू–भागमा मौसम सामान्यदेखि आंशिक बदली 

 देशका केहि भू–भागमा मौसम सामान्यदेखि आंशिक बदली 

काठमाडौं, ३ कात्तिक । देशका केही भूभागमा सोमबार मौसममा सामान्यदेखि आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशमा आंशिक बदली रहने छ । अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। प्रदेश १ का केही स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको मौसमविदको भनाइ छ।

सोमबार राति पनि प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। अहिले बिहान देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल कुनै उल्लेखनीय मौसमी प्रणाली छैन।

मौसम विश्लेषण (Meteorological Analysis):

उल्लेखनीय मौसमी प्रणाली छैन।

हालको मौसमको अवस्था (Present Weather Status):

हाल देशका पहाडी भूभागमा आंशिक देखि सामान्य वदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान    

कार्तिक ०३ गते सोमबार

दिउँसो : प्रदेश १बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा लुम्बिनीकर्णाली र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती:  प्रदेश १,  बाग्मती  गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

कार्तिक ०४ गते मंगलबार

दिउँसो : प्रदेश १बाग्मतीकर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती:  प्रदेश १बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कार्तिक ०५ गते बुधबार

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

छैन ।

यसमा तपाइको मत

Comments