16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

प्रधानमन्त्री र सबै मन्त्रीले दशैँ भत्ताबापत प्राप्त रकम कोरोना कोषमा राख्ने(मन्त्रिपरिषद् बैठकका निर्णयसहित)




प्रधानमन्त्री र सबै मन्त्रीले दशैँ भत्ताबापत प्राप्त रकम कोरोना कोषमा राख्ने(मन्त्रिपरिषद् बैठकका निर्णयसहित)

काठमाडौं, ३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली र सबै मन्त्रीले दशैँ भत्ताबापत प्राप्त रकम कोरोना कोषमा राख्ने भएका छन् । 
सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सोमबार प्रधानमन्त्री र मन्त्रिपरिषद्का सबैa सदस्यहरूले यस वर्षको दशैँ भत्ताबापत आएको रकम कोरोना कोषमा राख्ने निर्णय भएको जानकारी दिए । 
मन्त्री गुरुङले सङ्घीय सरकारले गरेको निर्णयअनुसार नै प्रदेशका सरकारहरूलाई पनि कोरोना कोषमा दशैँ भत्ताबापतको रकम जम्मा गर्न आग्रह गरे । कोरोना महामारीका बेला सांसदलाई भत्ता दिएको भन्दै आचोलना भएपछि  प्रधानमन्त्री र मन्त्रीले पनि दशैँ भत्ता कोरोना कोषमा राख्ने निर्णय गरेका हुन् । 

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय 




यसमा तपाइको मत


Comments