08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

काठमाडौं उपत्यकामा थप १८८८ जनामा कोरोना संक्रमण पुष्टि




 काठमाडौं उपत्यकामा थप १८८८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १४ कात्तिक । काठमाडौं उपत्यकामा थप १८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७८१ महिला र ११०७ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौंमा मात्र हालसम्म १६ हजार २४२ सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् भने २१२ जनाको मृत्यु भएको छ । 
त्यसैगरी भक्तपुरमा हालसम्म एक हजार १६५ जना सक्रिय संक्रमित रहेका छन् भने ६३ जनाको मृत्यु भएको छ । ललितपुरमा दुई हजार ३४५ सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ५८  जनाको संक्रमणबाट मृत्यु भएको छ । काठमाडौंमा १० हजार ५०१ होम आइसोलेसनमा छन् भने भक्तपुरमा एक हजार ७१९ र ललितपुरमा दुई हजार १६५ जना होम आइसोलेसनमा रहेका छन् ।




यसमा तपाइको मत


Comments