14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

टर्की र ग्रीसमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २२ जनाको मृत्यु




टर्की र ग्रीसमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २२ जनाको मृत्यु

एजेन्सी । टर्की र ग्रीसमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २२ जनाको ज्यान गएको छ । टर्कीको एजियन तटीय क्षेत्र तथा ग्रीसको उत्तरी क्षेत्रमा रहेको सामोस आइल्याण्ड केन्द्रविन्दु भएर सात म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पले उक्त क्षेत्रका घरहरु भत्किएका छन् । अहिलेसम्म कम्तीमा २२ जनाको शव भेटिएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

भूकम्पको केन्द्रविन्दु टर्कीको इज्मिर प्रान्तमा रहेको अमेरिकी जिओलोजिकल सर्वेले जनाएको छ।

टर्कीले भने भूकम्प ६.६ म्याग्निच्युडको मात्रै रहेको बताएको छ । भूकम्पका कारण टर्कीमा २० तथा ग्रीसमा दुईजनाको ज्यान गएको पुष्टि भएको हो । भूकम्पपछि तटीय क्षेत्रमा सुनामीको जोखिम बढेको छ ।



Related News


यसमा तपाइको मत


Comments