07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

यस वर्षको दशैँ सकियो, जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा




यस वर्षको दशैँ सकियो, जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा


काठमाडौं, १५ कात्तिक । यस वर्षको दशैँ सकिएको छ । दुर्गा पक्ष अर्थात् दशैँ पर्वको अन्तिम दिन शुक्रबार आश्विन शुक्ल पूर्णिमाको राति महालक्ष्मीको पूजा गरी जाग्राम बसेपछि दशैँ सकिएको हो ।

विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने क्रम पनि एक वर्षका लागि सकिएको छ । राति नै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लागि सेलाइएको छ ।

नवरात्रि विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । कार्तिक कृष्ण औँसीका दिन मनाइने लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ ।

यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । कोजाग्रत पूर्णिमा शुक्रबार परे पनि पूर्णिमा व्रत भने आज रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।




यसमा तपाइको मत


Comments