11 Baishak, 2081 / 23 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

भेन्टिलेटरमै युवतीमाथि बलात्कार




 भेन्टिलेटरमै युवतीमाथि बलात्कार


एजेन्सी । भारतमा एक युवती भेन्टिलेटरमा उपचारका क्रममा बलात्कृत भएकी छन् । भारत गुडगाउँस्थित फोर्टिस अस्पतालमा भर्ना भएकी २१ वर्षीया युवती बलात्कृत भएकी हुन् । उनी अस्पतालेको भेन्टिलेटरमा छिन्। यही अक्टोबर २२ देखि २७ बीच उनीमाथि बलात्कार भएको हो । 
पीडित युवतीको होस आएपछि उनले अक्टोबर २८ का दिन आफ्ना बुबालाई लरबरिएको शब्दमा घटनाबारे जानकारी गराएकी थिइन्।

बलात्कार आरोप लागेका व्यक्तिको नाम विकास भएको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ।
प्रहरीले बलात्कारमा अस्पतालकै कर्मचारी संलग्न रहेको  आशंका गरेको छ। सीसीटीभी फुटेजका आधारमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

सास लिन कठिन भएपछि ती युवतीलाई यही अक्टोबार २१ मा अस्पताल भर्ना गरिएको थियो। अवस्था बिग्रिँदै गएपछि उनलाई अक्टोबर २२ मा भेन्टिलेटरमा राखिएको थियो। घटनाविरुद्ध अक्टोबर २९ मा उजुरी दर्ता गरिएको छ। 



Related News


यसमा तपाइको मत


Comments