13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नेपालमा थप २५०८ जनामा कोरोना संक्रमण, २२६४ जना डिस्चार्ज (हेर्नुहोस् कहाँ, कति संक्रमित ?)




नेपालमा थप २५०८ जनामा कोरोना संक्रमण, २२६४ जना डिस्चार्ज (हेर्नुहोस् कहाँ, कति संक्रमित ?)

काठमाडौं, १५ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप २५०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप दुई हजार ५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हाल देशभर कुल संक्रमितको संख्या एक लाख ७० हजार ७४३ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ५८४ रहेका छन् । शनिबार थप दुई हजार २६४ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या एक लाख ३१ हजार २२२ जना पुगेको छ । हालसम्म डिस्चार्ज हुने दर ७६ दशमलव ९ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ९ हजार २७९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १४ लाख ४३ हजार ३४३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसनमा ७ हजार ५७६ जना र होम आइसोलेसनमा ३१ हजार ८ जना रहेका छन् । देशभर तीन हजार  जना क्‍वारेन्टिनमा रहेका छन् । देशभर ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २९६ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । 




यसमा तपाइको मत


Comments