14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कोरोना संक्रमित पूर्वमन्त्री विश्वकर्माको भेन्टिलेटरबाट उपचार शुरु




कोरोना संक्रमित पूर्वमन्त्री विश्वकर्माको भेन्टिलेटरबाट उपचार शुरु

काठमाडौं, १५ कात्तिक । कोरोना संक्रमित नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माको स्वास्थ्यमा सुधार नभएपछि भेन्टिलेटरबाट उपचार शुरु गरिएको छ।

ग्राण्डी अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेका विश्वकर्माको स्वास्थ्यमा सुधार नभएपछि भन्टिलेटरको सहायताले उपचार शुरु गरिएको हो । उनका सहयोगी आकाश उप्रेतीका अनुसार भेन्टिलेटरमा पाँच दिनको उपचारको कोर्स पुरा गर्दा निमोनिया निको पार्न सकिने डाक्टरहरुको अपेक्षा छ । 

पूर्वमन्त्रीसमेत रहेका ५३ वर्षीय विश्वकर्मालाई कोरोना संक्रमणसँग निमोनिया पनि देखिएपछि आईसीयूमा उपचार शुरु गरिएको थियो।




यसमा तपाइको मत


Comments