14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आईपीएलमा हैदराबादले बेङ्ग्लोरलाई ५ विकेटले हरायो




आईपीएलमा हैदराबादले बेङ्ग्लोरलाई ५ विकेटले हरायो

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई पराजित गरेको छ । 
शनिबार राति भएको खेलमा यूएईको सारजाहमा बेङ्ग्लोरले दिएको १ सय २१ रनको लक्ष्य हैदराबादले १४ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गरेको हो । 

हैदराबादको जितमा रिद्धिमान शाहले ३९ र मनिस पाण्डेले २६ रन जोडे । यस्तै जासन होल्डर २६ रनमा अविजित रहे । बेङ्ग्लोरका युजभेन्द्र चाहलले २ विकेट तथा वासिंगटन सुन्दर र नाभदिप शैनीले १÷१ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन बनाएको थियो ।  बेङ्ग्लोरका लागि जोस फिलिपेले ३२, एबी डी भिलियर्सले २४ रन जोडे । त्यस्तै वासिंगटन सुन्दरले २१ रन बनाए । गुर्किरात सिंहले अविजित १६ रन बनाए । 

कप्तान विराट कोहली ७ रनमा आउट भए । हैदराबादका सन्दीप शर्मा र जासन होल्डरले २र२ विकेट लिए । यस्तै राशिद खान, शबाज नदीम र टि नटराजनले १÷१ विकेट लिए । जितसँगै हैदराबाद तालिकाको चौंथो स्थानमा उक्लिएको छ । हैदराबादले १३ खेलमा १२ अंक जोडेको छ । हैदराबादले प्ले अफ पुग्ने सम्भावना कायम राखेको छ । 



Related News


यसमा तपाइको मत


Comments