11 Baishak, 2081 / 23 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

प्रिमियर लिगमा आर्सनलद्वारा म्यानचेस्टर युनाइटेड पराजित 




प्रिमियर लिगमा आर्सनलद्वारा म्यानचेस्टर युनाइटेड पराजित 

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आसर्नलले म्यानचेस्टर युनाइटेडलाई एक शुन्यले पराजित गरेको छ । जारी लिगमा युनाइटेडको पाँच खेलमा तेस्रो हार हो । घरेलु मैदान वल्र्ड ट्राफोर्डमा भएको खेलमा आर्सनलको जितमा एक मात्र गोल पिएरी अबामयाङले गरेका थिए । खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो ।

तर ६८ औं मिनेटमा आर्सनलले पेनाल्टी पायो । सिमसिम बर्षा भएको खेलमा युनाइटेडका पउल पोग्वाले आर्सनलका हेक्टर बेलेरिनलाई लडाएपछि आर्सनलले पेनाल्टी पायो । जसलाई अबामयाङले गोल गर्दै टिमलाई अग्रता दिलाए । युनाइटेडले प्रिमियर लिगमा पछिल्ला सात खेलमा पाँच खेलमा घरेलु मैदानमा पेनाल्टी दिएको हो । त्यसपछि युनाइटेडले खेलमा फर्कन निकै प्रयास गरेको थियो ।  जसका कारण एक शुन्यले पराजित भयो । 



Related News


यसमा तपाइको मत


Comments