07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आइपीएल क्रिकेटः हैदरावादले मुम्बईलाई १० विकेटले हरायो




आइपीएल क्रिकेटः हैदरावादले मुम्बईलाई १० विकेटले हरायो

एजेन्सी । इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सलाई हैदरावादले १० विकेटले हराएको छ । हैदरावादको जितले कोलकाता लिग चरणबाट बाहिरीएको छ भने बैंग्लोर चौथो टिमका रुपमा प्लेअफमा पुगेको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ८ विकेट गुमाएर १४९ रन बनायो । मुम्बई यसअघि नै क्वालिफायरमा पुगिसकेको टिम हो भने प्ले अफमा पुग्नका लागि हैदरावादलाई आज जित्नै पर्ने दवाब छ ।

घाइते भएपछि पहिलो पटक मैदान उत्रिएको मुम्बईका कप्तान रोहित शर्मा ४ रन बनाएर आउट भए । मुम्बईका लागि किरोन पोलार्डले सर्वाधिक ४१ रन बनाएका थिए । सूर्यकुमार यादवले ३६ रन बनाउँदा ईशान किशनले ३३ तथा क्वीन्टन डि कक २५ रनमा पभेलियन फर्किए ।

हैदरावादका सन्दीप शर्माले तीन विकेट लिँदा जेशन होल्डर र सहवाज नदीमले दुई दुई विकेट लिए । राशिद खानको नाममा एक विकेट रह्यो ।

जवाफमा हैदरावादले १७ ओभर एक बलमा विना विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो । उत्कृष्ट ब्याटिङ गरेको हैदरावादका लागि कप्तान डेविड वार्नर र रिद्धमान शाहले सहजै टिमलाई जित दिलाए । जसमा वार्नरले ८५ रन बनाए भने शाहले ५८ रनको योगदान गरे ।



Related News


यसमा तपाइको मत


Comments