13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

हत्या गरी फरार युवालाई गाउँलले पक्राउ गरि प्रहरीलाई बुझाए 




हत्या गरी फरार युवालाई गाउँलले पक्राउ गरि प्रहरीलाई बुझाए 

काठमाडौं, २३ कात्तिक । मकवानपुरको बकैया गाउँपालिका ४ नयाँदमारका २० वर्षीय विकास वाइवाकाको हत्या गरि फरार युवा ललितपुरबाट पक्राउ परेका छन् । कात्तिक २१ गते दिउँसो साढे ३ बजे  साथीको हत्या गरेर भागेका  २० वर्षीय शंकर भन्ने भीमराज भोलनलाई ललितपुरमा गाउँले पक्राउ प्रहरीलाई बुझाएका हुन् । 
हत्या आरोपी  भोलन प्रहरीले आइतबार बिहान सार्वजनिक गरिएको छ । सिमाद खोलाको बगर नयाँदमारमा रहेको फुटबल चौरमा बसी चुरोट खाइरहेको अवस्थामा विवाद हुँदा खुकुरीले हानेर शंकरले विकासको हत्या गरेको प्रहरीको भनाइ छ।
शंकरले विकासलाई लखेटी–लखेटी खुकुरी प्रहार गरेको र पछि घाँटी छिनाएको मकवानपुरका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले बताए। साथीको हत्यापछि शंकर फरार थिए।

मकवानपुर प्रहरीले जिल्लाभर व्यापक रुपमा प्रहरी परिचालन गर्दै जिल्लाका सीमा नाकाहरू समेत शील गर्दै भोलनको हुलिया र फोटो पठाएर खोजतलास व्यापक बनाएको थियो। शनिबार साँझ ५ बजे ललितपुरको बागमती गाउँपालिका २ माल्टाका स्थानीयले शंका लागि नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय ठिंगन र प्रहरीचौकी भट्टेडाँडा ललितपुरको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।



Related News


यसमा तपाइको मत


Comments