08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आइपीएलको ट्रफी मुम्बईलाई,  दिल्ली क्यापिटल्र्स ५ विकेटले पराजित




 आइपीएलको ट्रफी मुम्बईलाई,  दिल्ली क्यापिटल्र्स ५ विकेटले पराजित

काठमाडौं, २६ कात्तिक । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि मुम्बई इन्डियन्सले हात पारेको छ । मंगलबार राति भएको फाइनल खेलमा दिल्ली क्यापिटल्र्सलाई ५ विकेटले हराउँदै मुम्बईले लगातार दोस्रो तथा समग्रमा पाँचौ पटक यो प्रतियोगिताको उपाधि जितेको  हो । मुम्बईले पछिल्ला पाँच संस्करणमा तेस्रो पटक आइपीएलको उपाधि जितेको हो ।
दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८.४ ओभरमा पूरा गरेको हो । मुम्बईका लागि रोहित शर्माले ६८ रन र क्विन्टन डी ककले २० रन बनाए भने इशान किशनले अविजित ३३ रन बनाए ।  बलिङतर्फ दिल्लीका मार्कस स्टोइनिस र कागिशो रबाडाले १र१ विकेट लिँदा एनरिच नोर्त्जेले २ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा सात विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयस अय्यरले अविजित ६५ रन र रिषभ पन्तले ५६ रन बनाए । बलिङतर्फ मुम्बईका लागि ट्रेन्ट बोल्टले ३ विकेट लिँदा कल्टर नायलले २ र जयन्त यादवले १ विकेट लिए ।



Related News


यसमा तपाइको मत


Comments