07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

साउदी र ओमानमा गैरकानूनी रुपमा बसेकाहरु घर फर्कन पाउने




साउदी र ओमानमा गैरकानूनी रुपमा बसेकाहरु घर फर्कन पाउने


काठमाडौं, २६ कात्तिक । साउदी र ओमानमा अवैधानिक रुपमा बसेका नेपालीहरु घर फर्कन पाउने भएका छन् ।  ओमानको श्रम मन्त्रालयले आफ्नो मुलुकमा अलेखबद्ध भई काम गरिरहेका नेपाली नागरिकहरू आफ्नै खर्चमा स्वदेश फर्कन चाहेमा श्रम सम्वन्धी जरिवाना तिर्नु नपर्ने बताएको नेपाली दूतावास मस्कट ओमानले जनाएको छ । तर त्यस्ता व्यक्तिहरु १५ नोभेम्बर देखि ३१ डिसेम्बर २०२० सम्मको अवधिमा स्वदेश फर्किसक्नुपर्ने छ । ओमानस्थित नेपालीे दूतावासले नेपाल फर्किन चाहने नेपालीहरूले पासपोर्टको म्याद सकिएको भएमा वा ट्राभल डकुमेन्ट बनाउन परेमा वा यस सम्बन्धी  अन्य केही बुझ्न परेमा दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ । 

ओमानमा अलेखबद्ध भएका नेपालीहरू घर फर्कन पाउने सम्बन्धी सूचना।
ओमानको श्रम मन्त्रालयले 10 नोभेम्बर 2020 मा जारी गरेको सूचना अनुसार ओमानमा विभिन्न समय देखि अलेखबद्ध भई काम गरिरहेका नेपाली नागरिकहरू आफ्नै खर्चमा स्वदेश फर्कन चाहेमा यही 15 नोभेम्बर -31 डिसेम्बर 2020 सम्म ओमान छोड्नका लागि श्रम सम्बन्धी कुनै पनि किसिमको जरिवाना तिर्नु नपर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको लागि जानकारी गराइएको छ।
यसरी नेपाल जान चाहने नेपाली नागरिकहरूले (पासपोर्टको म्याद सकिएको भएमा वा ट्राभल डकुमेन्ट बनाउन परेमा वा यस सम्बन्धी थप केही बुझ्न परेमा) नेपाली दूतावासमा अविलम्ब सम्पर्क गर्नु हुन समेत अनुरोध गरिन्छ।
सम्पर्कः
श्री दिनेश ढकाल
श्रम सहचारी
7159-2506
eonmuscatlabour@gmail.com

नेपाली दूतावास मस्कट ओमान
2077 कार्तिक 25 गते मंगलबार

यस्तै साउदी अरेबियामा नेपालीहरुले बहिर्गमन भिसाका लागि निःशुल्क निवेदन दिन पाउने भएका छन् । साउदीस्थित नेपाली दूतावासले स्वदेश फर्कन चाहेका तर अकमा नबनाइएका, अकमा नवीकरण नभएका र कम्पनीबाट बहिर्गमन भिसा प्राप्त गर्न नसकी अलपत्र परेकाहरुले  बहिर्गमन भिसाका लागि आवेदन दिन पाउने बताएको छ । दूतावासले कात्तिक २९ गते अर्थात नोभेम्बर १४ सम्म दूतावासको ह्वाट्सएपमा आफ्नो कागजात पठाउन सकिने बताएको छ । 

 



Related News


यसमा तपाइको मत


Comments