06 Baishak, 2081 / 18 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सुनचाँदीको भाउमा सामान्य वृद्धि




सुनचाँदीको भाउमा सामान्य वृद्धि

काठमाडौं, २६ कात्तिक । सुनचाँदीको भाउ बुधबार सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा १०० रुपैयाँले बढेको हो।
छापावाला सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि मंगलबार सुन तोलामा तीन हजार ४०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार ८०० रुपैयाँमा झरेको थियो ।

यसैगरी बुधबार चाँदीको मूल्य पनि सामान्य रुपमा उकालो लागेको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार २२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।



Related News


यसमा तपाइको मत


Comments