13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आइतबारदेखि  नयाँ कामदारलाई कतार प्रवेशमा खुला 




आइतबारदेखि  नयाँ कामदारलाई कतार प्रवेशमा खुला 

काठमाडौं, २७ कात्तिक । कतारमा आइतबार अर्थात् नोभेम्बर १५ बाट सबै आप्रवासी कामदारहरुले प्रवेश अनुमति पाउने भएका छन् ।
कोरोना महामारीका कारण कतारको नयाँ भिसा प्रकिया पुरा गरी उडान रोकिएका र नयाँलाई भिसा स्वीकृतिसहित प्रवेश अनुमति दिइने भएको छ । यसअघि कतार बाहिर रहेका वर्क पर्मिट (कतार आइडी होल्डर) हरूले मात्र प्रवेश पाउँदै आएका थिए । 
कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मन्त्रालयका अनुसार आप्रवासी कामदार ल्याउन चाहने कम्पनीले कतार सरकारले तोकेको तलब तथा आवास सुविधाको मापदण्ड पुरा गरेमा मात्र निवेदन स्वीकृत हुनेछ । नयाँ कामदारहरूको हकमा पनि कतार प्रवेशको लागि ईन्ट्री पर्मिट, होटेल क्वारेनटाइन र कतार आउनु पूर्वको कोरोना पीसीआर रिपोर्ट अनिवार्य रहने जनाइएको छ । 
कतारको यो निर्णयसँगै भिसा प्रक्रिया पुरा गरेर नेपालमै रोकिएका र  नयाँ कामदारहरूलाई कतार प्रवेश गर्ने खुला भएको छ । नेपाल सरकारले यसअघि नै श्रम स्वीकृति दिन शुरु गरि सकेको छ । 



Related News


यसमा तपाइको मत


Comments