06 Baishak, 2081 / 18 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बैतडीमा बस दुर्घटना, नौ जनाको मृत्युु, ३४ घाइते    




बैतडीमा बस दुर्घटना, नौ जनाको मृत्युु, ३४ घाइते    

काठमाडौं, २८ कात्तिक । बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना भएको छ । दुर्घटनामा नौ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । दशरथचन्द राजमार्गअन्तर्गत दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति दुर्घटना भएको हो । मृतकहरुको सनाखत हुन बाँकी रहेको छ ।

मृतकमध्ये सात जना पुरुष र दुई जना महिला छन् । दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते सात जनालाई धनगढी रेफर गरिएको छ । बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बस सानो घुम्तीबाट बस ६०० मिटर जति तल खसेको छ । मृतकमध्ये आठ जनाको शव घटनास्थलबाट निकालिसकिएको छ भने एकजनाको बससँगै अड्किएकाले आज दिउँसो निकालिने प्रहरीले बताएको छ ।



Related News


यसमा तपाइको मत


Comments