14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मकवानपुरमा तीन वर्षीया बालिकाको विभत्स हत्या 




मकवानपुरमा तीन वर्षीया बालिकाको विभत्स हत्या 

 

हेटौंडा, ४ कात्तिक । पूर्वी मकवानपुरको वाग्मतीमा एक तीन वर्षीया बालिकाको विभत्स हत्या भएको छ। बालिकाको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। 
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वाग्मती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिनाको हत्या भएको हो ।
घटनास्थल नजिक उनको कट्टु फेला परेको र शरीरभरि रगत लत्पतिएका कारण बलात्कारपछि ढुङ्गाले हानेर विभत्स हत्या गरेको हुनसक्नेतर्फ अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ। 

बालिकालाई गम्भीर घाइते बनाइएको अवस्थामा बुधबार साँझ फेला पारिएको थियो । उपचारका लागि बालिकालाई हेटौँडा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए। प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा दुई पुरुषलाई पक्राउ गरेको छ। उनीहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



Related News


यसमा तपाइको मत


Comments