08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ६५ लाख पुग्यो




विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ६५ लाख पुग्यो

काठमाडौं, ४ मंसिर । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५ करोड ६५  लाख ८३ हजार ५० पुगेको छ । वर्ल्डोमीटरका अनुसार कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ लाख ५५ हजार  १४७ पुगेको छ । ३ करोड ९३ लाख ७० हजार ९८६ जना उपचारपछि निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १ करोड ५८ लाख ५६ हजार ९१७ जना रहेका छन् ।
अमेरिकामा कुल संक्रमित १ करोड १७ लाख ७३ हजार ८६३ जना पुगेको छ । २ लाख ५६ हजार २६२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ७१ लाख ६६ हजार ९९६ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४४ लाख ५० हजार ६०५ जना रहेका छन् ।
भारतमा कोरोना संक्रमितको संख्या ८९ लाख ५८ हजार ४८३ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ३१ हजार ६१८ पुगेको छ । ८३ लाख ८३ हजार ६०२ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ४३ हजार २६३ जना रहेका छन् ।
ब्राजिलमा ५९ लाख ४७ हजार ४०३ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ६७ हजार ४९७ को मृत्यु भएको छ । ५३ लाख ८९ हजार ८६३ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ३ लाख ९० हजार ४३ जना रहेका छन् ।
फ्रान्समा २० लाख ६५ हजार १३८ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ४६ हजार ६९८ जनाको मृत्यु भएको छ । १ लाख ४५ हजार ३९१ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १८ लाख ७३ हजार ४९ जना रहेका छन् ।
रुसमा १९ लाख ९१ हजार ९९८ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३४ हजार ३८७ जनाको मृत्यु भएको छ । १५ लाख १ हजार ८३ जना उपचारपछि निको भएका छन् भने सक्रिय संक्रमितको संख्या ४ लाख ५६ हजार ५२८ जना रहेका छन् ।
 



Related News


यसमा तपाइको मत


Comments