08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कुवेतमा रहेका नेपाली कामदारहरूको हकहित संरक्षणको विषयमा छलफल




कुवेतमा रहेका नेपाली कामदारहरूको हकहित संरक्षणको विषयमा छलफल

काठमाडौं, ४ कात्तिक । रोजगारका लागि कुवेतमा रहेका नेपालीहरुको हकहित संरक्षणका विषयमा कुवते सरकारसँग छलफल भएको छ । कुवेतस्थित नेपालीराजदूत दुर्गाप्रसाद भण्डारी तथा कुवेत सरकार, पब्लिक अथोरिटी अफ मेनपावरका डेप्युटी डाइरेक्टर जनरल डा. मुबारक अल–आजमीबीच जनशक्ति सार्वजनिक प्राधिकरणमा बिहीबार शिष्टाचार भेटघाट भएको हो ।
भेटका अवसरमा कुवेतमा रहेका नेपाली कामदारहरूका विषयमा मूलतः नेपाली कामदारहरूको वर्तमान अवस्था, कामदारको प्रवेशाज्ञा नवीकरण, आवास तथा तलब सुविधाको सहज व्यवस्था, कुवेत सरकारद्वारा विदेशी कामदारका लागि सञ्चालित आश्रय स्थलमा सहज पहुँच, रोजगारीको सुरक्षा तथा नेपालीका लागि रोजगारीमा अवसर साथै काठमाडौं-कुवेत बीच शीघ्र प्रत्यक्ष उडान सुचारू गर्नुपर्ने लगायतका विषयमा कुराकानी भएको थियो ।
भेटका अवसरमा दूतावासको श्रम सहचारी बिपना ज्ञवाली, सहचारी यसोदा अधिकारी लगायत दूतावासका अन्य कर्मचारीको पनि उपस्थिति थियो ।
कुवेती पक्षबाट  अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख जाबेर अल–अली, घरेलु श्रम भर्ती नियमन विभागका निर्देशक नासेर अल–मौसावी एवं अन्य पदाधिकारीहरूको उपस्थिति थियो ।



Related News


यसमा तपाइको मत


Comments