08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

डा. भट्टराई भन्छन्, ‘देशको नेतृत्व ओली जस्ता जनयुद्धविरोधीको हातमा पुग्नु विडम्वनापूर्ण’ 




डा. भट्टराई भन्छन्, ‘देशको नेतृत्व ओली जस्ता जनयुद्धविरोधीको हातमा पुग्नु विडम्वनापूर्ण’ 


काठमाडौं, ५ मंसिर । जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले देशको नेतृत्व ओली जस्ता जनयुद्धविरोधीको हातमा पुग्नु र शान्ति–सम्झौतामा भएका आर्थिक, सामाजिक रूपान्तरणका काम सम्पन्न हुन नसक्नु विडम्वनापूर्ण रहेको बताएका छन् । 
वृहद शान्ति–सम्झौता भएको १४ वर्ष पूरा भएको अवसरमा उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘नेपाली इतिहासलाई ९ रेक्टर स्केलको भूइॅचालोले झैं हल्लाइदिने त्यत्रो विशाल क्रान्तिपछि देशको नेतृत्व ओली जस्ता जनयुद्धविरोधीको हातमा पुग्नु र शान्ति–सम्झौतामा भएका आर्थिक, सामाजिक रूपान्तरणका काम सम्पन्न हुन नसक्नु विडम्वनापूर्ण ।’

यस्तै उनले सत्यनिरूपण तथा मेलमिलाप आयोग र वेपत्ता सम्बन्धी आयोगका काम पूरा हुन नसक्नु खेदजनक रहेको बताएका छन् । 
 ‘सामन्ती राजतन्त्रलाई अन्त्य गरेर देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न क्रान्तिकारी जनयुद्धको नेतृत्व गर्दै आइरहेको माओवादी र नेपाल सरकार वीच वृहद शान्ति–सम्झौता भएको (२०६३ मंसीर ५ गते) आज १४ बर्ष पूरा । सत्यनिरूपण तथा मेलमिलाप आयोग र वेपत्ता सम्बन्धी आयोगका काम अहिलेसम्म पूरा हुन नसक्नु खेदजनक’ उनले भनेका छन् । 

उनले अब फेरि २०५२ साल यताका जनयुद्ध, जनआन्दोलन, मधेस जनविद्रोह, आन्दोलन, जनजाति आन्दोलन, थरूहट,  थारूवान आन्दोलन लगायतका क्रान्तिकारी शक्तिहरूको वृहद ध्रुवीकरण गरेर देशलाई अग्रगमन र समृद्धिको दिशामा लैजाने आँट गर्ने हो कि ? भन्दै प्रश्न गरेका छन् । 


 




यसमा तपाइको मत


Comments