08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ७२  लाख नाघ्यो




विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ७२  लाख नाघ्यो

काठमाडौं, ५ मंसिर । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५ करोड ७२  लाख ९२ हजार १७८ पुगेको छ । यस्तै ३ करोड ९७ लाख ७६ हजार ०१५ जना उपचारपछि निको भएका छन् । वर्ल्डोमीटरका अनुसार कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ लाख ६६ हजार  ६०४ पुगेको छ । सक्रिय संक्रमितको संख्या १ करोड ६१लाख ४९ हजार ५५९ जना रहेका छन् ।
अमेरिकामा संक्रमितको संख्या १ करोड २० लाख ७० हजार ७१२ जना पुगेको छ । २ लाख ५८ हजार ३३३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ७२ लाख ४३ हजार ४८८ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४५ लाख ६८ हजार ८९१ जना रहेका छन् ।
भारतमा कोरोना संक्रमितको संख्या ९० लाख ६ हजार ७९ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ३२ हजार २२३ पुगेको छ । ८४ लाख २८ हजार ४०९ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ४५ हजार ४४७ जना रहेका छन् ।
ब्राजिलमा ५९ लाख ८३ हजार ८९ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ६८ हजार १४१को मृत्यु भएको छ । ५४ लाख ७ हजार ४९८ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ७ हजार ४५० जना रहेका छन् ।
फ्रान्समा २० लाख ८६ हजार २८८ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ४७ हजार १२७ जनाको मृत्यु भएको छ । १ लाख ४७ हजार ५६९ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १८ लाख  ९१ हजार ५९२ जना रहेका छन् ।
रुसमा २० लाख ३९ हजार ९२६ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३५ हजार ३११ जनाको मृत्यु भएको छ । १५ लाख ५१ हजार ४१४ जना उपचारपछि निको भएका छन् भने सक्रिय संक्रमितको संख्या ४ लाख ५३ हजार २०१ जना रहेका छन् ।



Related News


यसमा तपाइको मत


Comments