08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

युभेन्टसले क्याग्लिअरीलाई हरायो 




युभेन्टसले क्याग्लिअरीलाई हरायो 

एजेन्सी । इटलीको सिरी ए च्याम्पियन युभेन्टसले क्याग्लिअरीलाई २–० ले हराएको छ । क्रिस्टियानो रोनाल्डोले ४ मिनेटको अन्तरमा २ गोल गरेपछि युभेन्टसले जित निकालेको हो । यो जितले युभेन्टस अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रोनाल्डोले ३८ र ४२ औं मिनेटमा गरेको गोल युुभेन्टसको जितमा निर्णायक बन्यो । युभेन्टस अंकतालिकाको आठौंबाट दोस्रो स्थानमा पुगेको हो ।

शीर्ष स्थानको एसी मिलानको १ अंक बढी छ र उसले एक खेल कम खेलेको छ । यो २ गोलसँगै रोनाल्डोले जारी सिजन सीरी ए मा सर्वाधिक आठ गोल गर्ने ज्लाटन इब्राहिमोवीचसँग बराबरी गरेका छन् ।

शीर्ष स्थानको एसी मिलानले आइतबार चौथो स्थानको नापोलीसँग खेल्नेछ । युभेन्टसले जारी सिजनमा शीर्ष ५ स्थानमा रहेका टिमहरुसँग खेलिसकेको छ । त्यसैले लिगमा दोस्रो स्थान उसका लागि अस्थायी हुनेछ । 



Related News


यसमा तपाइको मत


Comments