13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

इंग्लिस प्रिमियर लिगमा टोटेनहम शीर्ष स्थानमा 




इंग्लिस प्रिमियर लिगमा टोटेनहम शीर्ष स्थानमा 

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम शीर्ष स्थानमा उक्लिएको छ । चेल्सीलाई २ अंकले पछि पार्दै टोटेनहम शीर्ष स्थानमा उक्लिएको हो ।टोटनहेमको २० अंक छ भने चेल्सीको १८ अंक छ । शनिबार राति भएको खेलमा टोटेनहमले म्यानचेस्टर सिटीमाथि २–० गोल अन्तरको जित दर्ता गरेको थियो । टोटेनहमको जितमा सन ह्युङ मिन र जियोवानी लो सेलोले एकएक गोल गरे ।
खेलको पाँचौं मिनेटमा सनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोल गरेको टेटेनहमका लागि ६५ औं मिनेटमा जियोवानीले अग्रता दोब्बर बनाएका थिए । पराजित भएको सिटी भने तालिकाको दशौं स्थानमा छ । यस्तै अर्को खेलमा म्यानचेस्टर युनाइटड विजयी भयो । युनाइटेडले वेस्टब्रोममाथि १–० गोल अन्तरको जित दर्ता गरेको हो । 



Related News


यसमा तपाइको मत


Comments