13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अब नयाँ श्रमिक पनि कतार जान पाउने




अब नयाँ श्रमिक पनि कतार जान पाउने

काठमाडौं, ७ मंसिर । अब कतारमा नयाँ श्रमिक पनि जान पाउने भएका छन् । नोभेम्बर १५ मा सूचना निकालेर कतार सरकारले नेपालसहित विभिन्न देशबाट नयाँ श्रमिक लिनका लागि श्रम अनुमोदन गर्न सक्ने बताएको हो । योसँगै कतारस्थित नेपाली दूतावासले आइतबारदेखि मागपत्र प्रमाणीकरणको काम शुरु गरेको छ । कोरोनाको कारण यसअघि कतारले नेपालसहित विभिन्न देशलाई उच्च जोखिमको सूचीमा राखेको थियो ।

उच्च जोखिममा राखेको देशका नागरिकका लागि कतार सरकारले नयाँ श्रम पनि खुलाएको थिएन । तर अब भने त्यो प्रतिवन्ध हटाउँदै कतारले नेपालसहित विभिन्न देशबाट नयाँ श्रमिक पनि कामका लागि लिने भएको छ । कतारले गरेको पछिल्लो घोषणा अनुसार अब म्यानपावर व्यवसायीले माग ल्याएमा दूतावासले प्रमाणीकरण गर्ने कतारस्थित नेपाली राजदूतावासले जनाएको छ । 

अहिले कतारबाट बिदामा नेपाल आएकाहरु फर्कनका लागि भने विशेष अनुमति दिनुपर्ने प्रावधान कतार सरकारले राखेको छ । कतार पुगेपछि सात दिन होटल क्वरेण्टीन र सात दिन होम क्वरेण्टीनमा अनिवार्य बस्नु पर्नेछ ।



Related News


यसमा तपाइको मत


Comments