15 Chaitra, 2080 / 28 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बलात्कारसम्बन्धी कानूनलाई कडा पार्न सरकारले ल्यायो अध्यादेश




बलात्कारसम्बन्धी कानूनलाई कडा पार्न सरकारले ल्यायो अध्यादेश

काठमाडौं, ७ मंसिर । सरकारले बलात्कारसम्बन्धी कानूनलाई कडा पार्न अध्यादेश ल्याएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश पारित गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। मुलुकी अपराध संहिता, मुलुकी अपराध कार्यविधि र ज्येष्ठ नागरिक ऐनमा रहेका जबरजस्ती करणी (बलात्कार) सम्बन्धीको दण्ड सजाय सम्बन्धी व्यवस्था परिमार्जन गर्दै अध्यादेश ल्याएको हो।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले बलात्कार सम्बन्धी कानून कडा पार्ने व्यवस्था तयार गरेर मन्त्रिपरिषद्‌मा पेश गरेको थियो। आइतबार मन्त्रिपरिषद्‌बाट पारित नयाँ अध्यादेश अनुसार बलात्कारको सजाय अवधि बढाइएको छ भने बलात्कारका घटनामा मिलापत्र गराउनेलाई पनि फौजदारी अपराधमा कारबाही गरिने व्यवस्था गरिएको एक मन्त्रीले बताए। 

बलात्कारका घटनामा मिलापत्र गराउनेलाई ६ महीनादेखि ३ वर्ष कैद वा ३० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ। मिलापत्र गराउने व्यक्ति सार्वजनिक पद धारण गरेको भए थप ६ महीना कैद हुने अध्यादेशमा उल्लेख छ।  यस्तै, दण्ड सम्बन्धी व्यवस्थामा बालिका वा महिलाको ठाउँमा कुनै पनि व्यक्ति बलात्कारमा परेमा भन्ने शब्द राखिएको छ। पुरुष, तेस्रोलिंगी तथा समलिंगी पनि बलात्कारमा पर्न सक्छन् भनेर यस्तो व्यवस्था गरिएको कानून मन्त्रालयले जनाएको छ।




यसमा तपाइको मत


Comments