07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५ करोड ९० लाख पुग्यो




विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५ करोड ९० लाख पुग्यो

काठमाडौं, ८ मंसिर । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५ करोड ९० लाख २ हजार १५७ पुगेको छ ।  
वर्ल्डोमीटरका अनुसार कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ लाख ९४ हजार  ५११ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ करोड ६८ लाख ४५ हजार ८०७ जना रहेका छन् । कोरोना संक्रमितमध्ये ४ करोड ७ लाख ७६ हजार ६५८ जना उपचारपछि निको भएका छन् ।
अमेरिकामा कुल संक्रमित १ करोड २५ लाख ८९ हजार ०८८ जना पुगेको छ । २ लाख ६२ हजार ७०१ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ७४ लाख ५२ हजार ६१६ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४८ लाख ७३ हजार ७७१ जना रहेका छन् ।
भारतमा कोरोना संक्रमितको संख्या ९१ लाख ४० हजार ३१२ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ३३ हजार ७७३ पुगेको छ । ८५ लाख ६२ हजार ६४१ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ४३ हजार ८९८ जना रहेका छन् ।
संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ६० लाख  ७१ हजार ४०१ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ६९ हजार  १९७ को मृत्यु भएको छ । ५४ लाख ३२ हजार ५०५ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ६९ हजार ६९९ जना रहेका छन् ।
फ्रान्समा २१ लाख ४० हजार २०८ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ४८ हजार ७३२ जनाको मृत्यु भएको छ । १ लाख ४९ हजार ५२१ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १९ लाख  ४१ हजार ९५५  जना रहेका छन् ।
रुसमा २१ लाख १४ हजार ५०२ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३६ हजार ५४० जनाको मृत्यु भएको छ । १६ लाख ११ हजार ४४५ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ६६ हजार ५१७ जना रहेका छन् ।



Related News


यसमा तपाइको मत


Comments