15 Chaitra, 2080 / 28 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विप्लब समुहका जिल्ला सेक्रेटरीसहित ६ कार्यकर्ता पक्राउ




विप्लब समुहका जिल्ला सेक्रेटरीसहित ६ कार्यकर्ता पक्राउ

लमजुङ, ८ मंसिर । लमजुङमा विप्लव समुहका ६ नेता तथा कार्यकर्ता बिष्फोटक पदार्थसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा गंगादेव गाउँपालिका २ घर भई हाल लमजुङ जिल्ला ईन्चार्ज रहेका ४२ वर्षीय जंग बहादुर भण्डारी, लमजुङ दोर्दी गाउँपालिका ७ का लमजुङ जिल्ला सेक्रेटरी ४६ वर्षीय बिलबहादुर गुरुङ, लमजुङकै मध्यनेपाल नगरपालिका ४ का जिल्ला कमिटी सदस्य ६२ वर्षीय नारायणबहादुर कुँबर, राईनास नगरपालिका ६ का जिल्ला कमिटी सदस्य ३४ वर्षीय  रबिन्द्र नखोला, दोर्दी गाउँपालिका ७ घर का २२ वर्षीय दुर्गालाल तामाङ र मध्यनेपाल नगरपालिका १० का २६ वर्षीय सुजन थापा रहेका छन् ।
उनीहरुलाई दोर्दी गाउँपालिका खिमचोक पाँच स्वारामा नेपाल कप्युनिष्ट पार्टी विप्लपका नेता तथा कार्यकर्ताहरु भेला भएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बेसीशहरबाट खटिएको प्रहरी टोलिले घेराबन्दी गरि पक्राउ गरेको हो । 
प्रहरीले उनीहरुको साथबाट बिष्फोटक पदार्थ गन्धक ५ सय ग्राम, बारुद ५ सय ग्राम, सोडा ५ किलो, सेप्टि फ्युज १.५ मिटर, रोल क्याप लेखिएको पटका ७ रोल, सिसाका छर्राहरु, उक्त पार्टी सँग सम्बन्धित पोष्टर ५० थान, नेपाल कम्युनिष्ट पाटिको पर्चा ५० थान, नगद ३१ हजार ६ सय ८५ र चन्दा रसिद १, ग १५प ८१३७ नं र बा ७४ प ७०८७ नं को मोटरसाईकल समेत बरामद गरेको छ । 
यस्तै ८ थान मोबाईल र ६ थान सिमकार्डसमेत बरामद गरिएको छ । 




यसमा तपाइको मत


Comments