14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

ट्रम्प प्रशासनले स्वीकार गर्‍यो बाइडेनको जित




ट्रम्प प्रशासनले स्वीकार गर्‍यो बाइडेनको जित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले अन्तरिमकालको प्रशासन औपचारिक रुपमा सञ्चालन गर्न सक्ने बताएका छन् । नोभेम्बर ३ मा भएको चुनावमा पूर्व उपराष्ट्रपतिसमेत रहेका जो बाइडेन विजयी भएका छन् । तर कुनै पनि प्रमाण बिना ट्रम्पले धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएका बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले ट्रम्प प्रशासनको सहयोग नमिले पनि र सरकारी सूचना तथा कोषमा पहुँच नदिए पनि अन्तरिमक कालको काम थालेका थिए । बाइडेनले आउँदो जनवरी २० मा राष्ट्रपतिको शपथ लिने छन् । त्यसअघि उनको अन्तरिमक प्रशासनले सरकारी सूचनामा पहुँच तथा सो अवधिको कामका लागि स्थान र कोष ट्रम्प प्रशासनबाट पाउनु पर्छ । अहिलेसम्म त्यस्तो हुन सकेको छैन ।

तर ट्रम्पले अन्तरिम प्रशासनको कामलाई औपचारिकता प्रदान गर्नका लागि गर्नु पर्ने सबै प्रक्रिया पूरा गर्न महत्वपूर्ण संघीय निकायलाई निर्देशन दिएको ट्वीट गरेर उल्लेख गरेका हुन् । अन्तरिम प्रशासनलाई सत्ता औपचारिक रुपमा नसम्हाल्दासम्मका लागि प्रशासनिक काममा पहुँच प्रदान गर्ने मुख्य जिम्मेवारी पाएको जनरल सर्भिसेज एड्मिनिस्ट्रेसन (जिएसए) ले बाइडेनलाई नोभेम्बर ३ मा भएको चुनावको स्पष्ट विजेताका रुपमा स्वीकार गर्ने बताएको छ ।

यसअघि मिसिगन राज्यले सोमबारै बाइडेनको जितलाई औपचारिक रुपमा प्रमाणिकरण गरेको थियो । सो प्रमाणिकरण चुनावको नतिजा उल्ट्याउने प्रयासमा रहेका ट्रम्पका लागि ठूलो धक्का थियो । मिसिगनका दुई डेमोक्र्याट तथा दुई रिपब्लिकनसहितको चार सदस्यीय इलेक्टोरल कलेज मतलाई आधिकारिकता प्रदान गर्ने कमिटिको सोमबारको बैठकले एक लाख ५० हजार भन्दा बढि मतले अघि रहेका बाइडेनको पक्षमा नतिजालाई औपचारिकता प्रदान गरेको छ ।

एक रिपब्लिकन पदाधिकारी अनुपस्थित रहे पछि तीनजनाले मत परिणामलाई औपचारिकता प्रदान गरेको हो । ट्रम्प मिसिगनको नतिजा आफ्नो पक्षमा उल्ट्याने प्रयासमा थिए । जिएसएकी प्रमुख एमली मर्फीले राष्ट्रपतिमा निर्वाचित बाइडेनको अन्तरिम प्रशासनका लागि ६३ लाख डलर रकम निकाशा गरेको बताएकी छन् ।


 



Related News


यसमा तपाइको मत


Comments