13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

डा. भट्टराई भन्छन्,‘ओली प्रवृतिलाई काँध थाप्ने गल्ती नगरौं’




डा. भट्टराई भन्छन्,‘ओली प्रवृतिलाई काँध थाप्ने गल्ती नगरौं’

काठमाडौं, ९ मंसिर  । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली मुलुकमा प्रवृतिका रुपमा विकास भएकाले त्यसलाई काँध थाप्न नहुने बताएका छन् । सत्तारुढ नेकपाभित्र विवाद चर्किएको, प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पछिल्लो समय भएको भेटवार्तातर्फ लक्षित गरेर भट्टराईले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले लेखेका छन्, ‘आज देशको मुख्य मुद्दा व्यक्ति ओली हैन,ओली प्रवृति हो । व्यक्तिको रूपमा मलाई पनि ओली धेरै मनपर्ने मान्छे हुन् । तर, ओली प्रवृति यतिबेला प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक हो । अग्रगमनको मुख्य बाधक हो । यो एउटा पार्टीको मुद्दा मात्र हैन । कुनै पनि बहानामा यसलाई काँध थाप्ने गल्ती नगरौं ।’




यसमा तपाइको मत


Comments