08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कतारमा १४ नेपाली श्रमिकहरुलाई स्वदेश फिर्तीका लागि निःशुल्क हवाई टिकट




कतारमा १४ नेपाली श्रमिकहरुलाई स्वदेश फिर्तीका लागि निःशुल्क हवाई टिकट

काठमाडौं, ९ मंसिर । कोरोना भाईरस कोभिड १९ को कारणले कतारमा रोजगारी गुमाएर नेपाल फर्कन हवाईभाडा जुटाउन नसक्ने अवस्थामा रहेका १४ नेपाली श्रमिकहरुका लागि निःशुल्क हवाई टिकटको व्यवस्था गरिएको छ । 

नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र नेपाली ब्यावसायी संघ कतारले निःशुल्क हवाई टिकट सहयोग  गरेको हो । कोरोना भाइरस  कोभिड १९ को कारणले कतारमा रोजगारी गुमाएर नेपाल फर्कन हवाईभाडा जुटाउन नसक्ने अवस्थामा रहेका नेपाली श्रमिकहरुका लागि नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय  समन्वय परिषद कतार र नेपाली ब्यावसायी संघ कतारद्वारा पहिलो चरणमा ५५ जनाका लागि हवाई टिकट उपलब्ध गराउने लक्ष सार्वजनिक गरिएको थियो । सोही अनुसार पाचौ चरणमा १९ नोवेम्बरका दिन एक महिनाभन्दा बढ़ी एनसीसी कतारको सहयोगमा खाना-बस्न ब्यवस्थापनमा रहेका ३ जना चेलीहरु महोत्तरीकी ऊमा खड़का, सल्यानकी लक्ष्मी कुनवार र रौतहटकी नीरा दरलामी ७ सेप्टेम्बर  २०२० का हवाई टिकट उपलब्ध गराइएको  स्वदेश फिर्तिका लागि आर्थिक सहयोग तथा उद्दार समिति(२०२० का संयोजकसमेत रहेका गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमानले बताएका छन् । 

लामो समयदेखि हमद अस्पतालमा भर्ना भई क्षयरोगको उपचार गराईरहेका  लमजुङका नारायण भण्डारीलाई १२ अक्टोबरमा , काभ्रेका हरि सरन मिजार र इलामका केशव कुमार कार्कीलाई १६ अक्टोबरमा, नुवाकोटका  गजेन तामाङ्ग, सिरहाका पुरुषोत्तम पासवान, इलामकी सुष्मा लेपचा, मकवानपुरका मदन तिमिल्सिना, सिरहाका होमबहादुर कार्की र महोत्तरीका राज कुमार कपार लाई ४ नोवेम्बर २०२० का दिन पर्वतका हरि बहादुर विश्वकर्मा र पूर्ण बहादुर बिकेलाई हवाई टिकट उपलब्ध गराई नेपाल पठाइएको र अहिले सम्मा ४४ जना लाई टिकेट उपलब्ध गराइएको छ । 

उल्लेखित व्यक्तिहरुलाई स्वदेश फिर्तिका लागि सहजीकरण भूमिका निभाउने नेपाली नियोग र स्वदेश फिर्तीका लागि आर्थिक सहयोग तथा उद्दार समितिका सम्पुर्ण सदस्यहरु प्रति अध्यक्ष मुसलमानले हार्दिक आभार प्रकट गरे ।

गैरआवासीय नेपाली संघ कतारको विज्ञप्ति

वाई टिकटको ब्यवस्थापन गर्न नसकेका तर तुरन्त घर फर्किनु पर्ने समस्या भएका १४ जना नेपाली श्रमिकहरुलाई स्वदेश फिर्तीका लागि हवाई टिकट सहयोग :

कोरोना भाईरस कोभिड १९ को कारणले कतारमा रोजगारी गुमाएर नेपाल फर्कन हवाईभाडा जुटाउन नसक्ने अवस्थामा रहेका नेपाली श्रमिकहरुका लागि नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र नेपालि ब्यावसायी संघ कतार द्वारा पहिलो चरणमा ५५ जनाका लागि हवाई टिकट उपलब्ध गराउने सम्बन्धी जारी गरिएको सार्बजनिक सुचना अनुसार पाचौ चरणमा १९ नोवेम्बर का दिन एक महीना भन्दा बढ़ी एनसीसी कतारको खाना-बस्न ब्यवश्थापनमा बस्नु भएका ३ जना चेलिहरू ऊमा खड़का- माहोत्तरी, लक्ष्मी कुनवार- सल्यान र नीरा दरलामी- रौतहट, ७ सेप्टेम्बर २०२० का दिन लामो समय देखी हमद अस्पतालमा भर्ना भई क्षयरोगको उपचार गराईरहेका नारायण भण्डारी - लमजुङ, १२ अक्टोबर का दिन हरि सरन मिजार-काभ्रे, केशव कुमार कार्की- इलाम, १६ अक्टोबर २०२० का दिन गजेन तामाङ्ग- नुवाकोट, पुर्सोत्तम पासवान- सिरहा, सुसमा लेपचा - ईलाम, मदन तिमिल्सिना- मकवानपुर, होमबहादुर कार्की - सिरहा, राज कुमार कपार - महोत्तरि, ४ नोवेम्बर २०२० का दिन हरि बहादुर विश्वकर्मा- पर्बत, पूर्ण बहादुर बिके- पर्बत लाई हवाई टिकट उपलब्ध गराई नेपाल पठाईएको सबैमा जानकारी गराइन्छ।

उल्लेखित ब्याक्तिहरुलाई स्वदेश फिर्तिका लागि सहजीकरण भुमिका निभाउने नेपाली नियोग र स्वदेश फिर्तिका लागि आर्थिक सहयोग तथा उद्दार समितिका सम्पुर्ण सदस्य ज्युहरु प्रती हार्दिक आभार प्रकट गर्दछु।

मोहमद मुक्तदा मुसलमान
संयोजक :
स्वदेश फिर्तिका लागि आर्थिक सहयोग तथा उद्दार समिती- २०२०
अध्यक्ष : गैरआवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद कतार



Related News


यसमा तपाइको मत


Comments