13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ९५ लाख पुग्यो, ४ करोड ११ लाख निको




विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ९५ लाख पुग्यो, ४ करोड ११ लाख निको

काठमाडौं, ९ मंसिर । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५ करोड ९५ लाख ६२ हजार ७१३ पुगेको छ । वर्ल्डोमीटरका अनुसार कोरोना संक्रमितमध्ये ४ करोड ११ लाख ९७ हजार ४९९ जना उपचारपछि निको भएका छन् ।
कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या १४ लाख २ हजार  ९३४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ करोड ६९ लाख ६२ हजार २८० जना रहेका छन् । अमेरिकामा कुल संक्रमित १ करोड २७ लाख ७७ हजार ३७१ जना पुगेको छ । २ लाख ६३ हजार ६८७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ७५ लाख ४९ हजार १४ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४९ लाख ६४ हजार ६७० जना रहेका छन् ।
कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दोस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ९१ लाख ७७ हजार ८४० पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार २५४ पुगेको छ । ८६ लाख ४ हजार ९५५ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ३८ हजार ६३१ जना रहेका छन् ।
ब्राजिलमा ६० लाख  ८८ हजार ४ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ६९ हजार  ५४१ को मृत्यु भएको छ । ५४ लाख ४५ हजार ९५ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ७३ हजार ३६८ जना रहेका छन् ।
फ्रान्समा २१ लाख ४४ हजार ६६० जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ४९ हजार २३२ जनाको मृत्यु भएको छ । १ लाख ५२ हजार ५९२ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १९ लाख  ४२ हजार ८३६ जना रहेका छन् ।
रुसमा २१ लाख ३८ हजार ८२८ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३७ हजार ३१ जनाको मृत्यु भएको छ । १६ लाख ३४ हजार ६७१ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ६७ हजार १२६ जना रहेका छन् ।



Related News


यसमा तपाइको मत


Comments