15 Chaitra, 2080 / 28 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अक्सफोर्ड विश्वविद्यालय र एन्ट्राजेनेकाको खोप नेपाल ल्याउन भारतीय कम्पनीसँग छलफल गर्दै सरकार




अक्सफोर्ड विश्वविद्यालय र एन्ट्राजेनेकाको खोप नेपाल ल्याउन भारतीय कम्पनीसँग छलफल गर्दै सरकार

काठमाडौं, १० मंसिर । नेपालमा कोरोनाविरुद्धको खोप ल्याउन भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) का प्रमुख अधिकृत आदर पुनावालसँग छलफल गर्ने तयारी गरेको छ । पुनावालाले केही दिनअघि एउटा टेलिभिजन अन्तरवार्तामा कोभिड खोपका लागि नेपाल र बंगलादेशलाई समेत उच्च प्राथमिकतामा राखेको बताएपछि यताबाट सम्पर्क सुरु गरिएको थियो । खोप बनाउने विश्वकै सबैभन्दा ठूलो कम्पनी एसआईआईले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) द्वारा मान्यता प्राप्त सस्तो खोप १ सय ७० मुलुकमा आपूर्ति गर्छ ।

स्वास्थ्य मन्त्रालयले खोपसम्बन्धी आधिकारिक निकाय बाल स्वास्थ्य तथा खाप शाखाका प्रमुख डा. झलक शर्मा गौतमलाई भर्चुअल बैठक राखेर पुनावालासँग खोपको विषयमा छलफल गर्न निर्देशन दिएको छ । एसआईआईले अक्सफोर्ड विश्वविद्यालय र एन्ट्राजेनेकाले विकास गरेको खोप उत्पादन गर्ने सम्झौता गरेको छ ।

उक्त खोपलाई एसआईआईले कोभिसिल्ड नामले निर्माण गरिरहेको छ । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चको निगरानीमा यसको परीक्षण चलिरहेको छ । सफल परीक्षण हुनासाथ नेपाल ल्याउन सहज हुने सरकारको बुझाइ छ । स्रोतका अनुसार सीईओ पुनावालासँग केही दिनमै कुरा हुनेछ ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।



Related News


यसमा तपाइको मत


Comments