16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

दूतावासहरूले मागपत्र स्वीकृत नगरिदिँदा वैदेशिक रोजगारीको अवसर गुम्दै गएको गुनासो 




दूतावासहरूले मागपत्र स्वीकृत नगरिदिँदा वैदेशिक रोजगारीको अवसर गुम्दै गएको गुनासो 

काठमाडौं, १० मंसिर । वैदेशिक रोजगार व्यवसायीहरूले खाडी मुलुकमा रहेका नेपाली दूतावासहरूले मागपत्र स्वीकृत नगरिदिँदा वैदेशिक रोजगारीको अवसर गुम्दै गएको गुनासो गरेका छन्। व्यवसायीहरूले पछिल्लो समय कतार, बहराइन, दुवै लगायतका मुलुकबाट आएका मागपत्र सम्बन्धित देशका राजदूतावासबाट स्वीकृत नभएको गुनासो गरेका हुन्। खाडी मुलुकबाट करिब ७० हजारको संख्यामा कामदार माग हुने गरी मागपत्र आउने क्रममा रहेको तर कोभिडलाई देखाउँदै दूतावासहरूले स्वीकृत नगरिदिँदा वैदेशिक रोजगारीको माग गुम्ने स्थिति आउन लागेको बताएका हुन्। संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा उपस्थित भएका व्यवसायीहरूले मन्त्रिपरिषद्को १४ भदौको बैठकले वैदेशिक रोजागरीलाई खुल्ला गरेको भएपनि दुतावासहरूले मागपत्र प्रमाणिकरण नगरिदिँदा वैदेशिक रोजगारका लागि नयाँ कामदार पठाउन नसकिएको बताएका हुन्।

वैदेशिक रोजागरका निमित्त आएका मागपत्रको प्रमाणिकरण नभए नेपालका लागि आएको माग अन्य मुलुकमा जान सक्ने जोखिम रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले बताए। दुतावासहरूले मागपत्र स्वीकृत नगरिदिँदा मानिसहरू भिजिट भिसामा खाडी मुलुक पुग्ने गरेको व्यवसायीहरूले बताएका छन्। लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले दुवैबाट आएको मागपत्र स्वीकृत नहुँदा भिजिट भिसामा रोजगारीका लागि जानेहरूको संख्या बढेको बताए। भिजिट भिसामा गई काम गर्नु अवैध भएपनि युवाहरू काम खोज्नका लागि खाडी मुलुक जान बाध्य भएको बताए। उनले नेपालबाट दैनिक ५ सयदेखि ७ सयको संख्यामा भिजिट भिसामा खाडी मुलुक गएको र एयरपोर्टमा करोडौंको चलखेल हुने गरेको बताए । 
नेपाल सरकारले कोभिड संक्रमणको जोखिम कम भएका मुलुकहरूमा वैदेशिक रोजगारका लागि कामदार पठाउन खुला गरेको छ। वैदेशिक रोजगार विभागले पनि वैदेशिक रोजगारमा जानेहरुका लागि पूर्व स्वीकृति र अन्तिम स्वीकृृति दिइरहेको छ तर सम्बन्धित देशमा रहेका राजदूतावासबाट मागपत्र प्रमाणिकरण नभएपछि नयाँ कामदार पठाउन नसकिएको गुनासो व्यवसायीहरूको छ।
 



Related News


यसमा तपाइको मत


Comments