12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बालिका  हत्या प्रकरणः बर्दिबासमा बिहीबार बिहानसम्मका लागि निषेधाज्ञा




बालिका  हत्या प्रकरणः बर्दिबासमा बिहीबार बिहानसम्मका लागि निषेधाज्ञा

महोत्तरी, १० मंसिर । जिल्ला प्रशासन कार्यालय महोत्तरीले बालिका बलात्कारपछि हत्या भएको घटनाको विषयलाई लिएर तनाव बढ्दै गएपछि बर्दिबासमा निषेधाज्ञा जारी भएको छ । बुधबार बिहान ९ बजेदेखि बर्दिबासमा निषेधाज्ञा गर्ने निर्णय गरेको छ । 
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार पुर्वमा वडा नम्बर १ को रातो खोला पश्चिममा वडानम्बर ५ को माईस्थान उतरमा वठा नम्बर ३ को पाटु र दक्षिणमा वडा नम्बर ८ को क्वाटर चोम सम्ममा बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय भएको हो ।

बर्दिबासमा मंगलबार छ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको भन्दै गरिएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका बर्दिबास नगरपालिका एकका सञ्जय भनिने बुद्धिराज न्यौपानेको उपचारकै मंगलबार राति मृत्यु भएको छ । उनको मृत्युपछि प्रदर्शन थप चर्कने अनुमान सहित प्रशासनले निषेधाज्ञा जारी गरेको हो । गोली लागेर घाइते भएका अर्का श्याम कार्कीको काठमाडौंमै उपचार भइरहेको छ । प्रदर्शनमा टाउको फुटेका अफताम आलमको बर्दिबासमा उपचार हुँदैछ । हत्या गरी बोरामा कोचेर फालिएको अवस्थामा स्थानीय गुलबसा खातुनको शव मंगलबार बिहान बर्दिबास चौधस्थित उनको घरनजिकै फेला परेको थियो । बालिका दुई दिनदेखि बेपत्ता थिइन् । उनको बलात्कारपछि हत्या भएको भन्दै आफन्त तथा स्थानीय बासिन्दा दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शव सडकमा राखेर प्रदर्शनमा उत्रिएका थिए । भिड नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । हत्या आरोपमा प्रहरीले गौशाला नगरपालिका पाँच घरभई हाल बर्दिवास नगरपालिका १४  बस्ने २५ वर्षीय अरुणकुमार साहलाइ पक्राउ गरेको छ । 

 




यसमा तपाइको मत


Comments