06 Baishak, 2081 / 18 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड १ लाख नाघ्यो




विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड १ लाख नाघ्यो

काठमाडौं, १० मंसिर। विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ६ करोड १ लाख ८६ हजार ३७७ पुगेको छ भने ४ करोड १६ लाख ४२ हजार ४४० जना उपचारपछि निको भएका छन् । वर्ल्डोमीटरका अनुसार कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या १४ लाख १६ हजार  ८३६ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ करोड ७१ लाख २७ हजार १०१ जना रहेका छन् ।
अमेरिकामा कुल संक्रमित १ करोड २९ लाख ५६ हजार ७८३ जना पुगेको छ । २ लाख ६५ हजार ९५६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ७६ लाख ३९ हजार ८४ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५० लाख ५१ हजार ७४३ जना रहेका छन् ।
भारतमा कोरोना संक्रमितको संख्या ९२ लाख २२ हजार २१६ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार ७४३ पुगेको छ । ८६ लाख ४२ हजार ७७१ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ४४ हजार ७०२ जना रहेका छन् ।
ब्राजिलमा  ६१ लाख  २१ हजार ४४९ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ७० हजार  १७९ को मृत्यु भएको छ । ५४ लाख ७६ हजार १८ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ७५ हजार २५२ जना रहेका छन् ।
 रुसमा २१ लाख ६२ हजार ५०३ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३७ हजार ५३८ जनाको मृत्यु भएको छ । १६ लाख ६० हजार ४१९ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ६४ हजार ५४६ जना रहेका छन् ।
फ्रान्समा २१ लाख ५३ हजार ८१५ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ५० हजार २३७ जनाको मृत्यु भएको छ । १ लाख ५४ हजार ६७९ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १९ लाख  ४८ हजार ८९९ जना रहेका छन् ।


 



Related News


यसमा तपाइको मत


Comments