08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नेपालमा थप १९४८ जनामा कोरोना संक्रमण, ३१४० डिस्चार्ज




 नेपालमा थप १९४८ जनामा कोरोना संक्रमण, ३१४० डिस्चार्ज


काठमाडौं १० मंसिर । नेपालमा थप १९४८ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९४८ कोरोना संक्रमित थपिएका हुन् । यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमितको हुनेको संख्या २२६०२६ जना पुगेका छन्।
हाल कोरोनाका सक्रिय संक्रमितको संख्या भने १६६३९ रहेको छ। 

पछिल्लो २४ घण्टामा ९२१० वटा नमूना पीसीआर परीक्षण गरिएको र यससँगै हालसम्म मुलुकमा कुल १६९०५०९ वटा नमूना पीसीआर परीक्षण गरिएको मन्त्रालयको दाबी छ। बुधबार थप ३१४० जना संक्रमित निको भएका छन्। यससँगै हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या २०७९९८ पुगेको मन्त्रालयले जनाएको छ। हाल क्वारेन्टिनमा ६६९ जना रहेका छन्।
पछिल्लो २४ घण्टामा २८ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ हजार ३८९ पुगेको छ । 
 




यसमा तपाइको मत


Comments