16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

दक्षिण कोरियामा यौन दुर्व्यवहार गर्ने समूहका नाइकेलाई ४० वर्ष जेल 




दक्षिण कोरियामा यौन दुर्व्यवहार गर्ने समूहका नाइकेलाई ४० वर्ष जेल 

एजेन्सी । दक्षिण कोरियामा अनलाइन यौन दुर्व्यवहार गर्ने समूहका नाइकेलाई ४० वर्ष जेल सजाय सुनाएको छ। जो जू–बिन ले महिलाहरूलाई यौन गतिविधिका भिडियो पठाउन बाध्य पार्ने र पछि सशुल्क च्याटरूममा प्रेषित गर्ने गिरोह चलाएको अभियोग प्रमाणित भएको थियो। त्यस्ता च्याटरूम कम्तीमा १०,००० जनाले प्रयोग गरेका र त्यसका लागि प्रत्येक व्यक्तिले १,२०० अमेरिकी डलरसम्म तिरेको पत्ता बताइएको छ । 

उमेर नपुगेका १६ बालिकासहित ७४ महिला त्यस्तो शोषणमा परेका थिए। यही मुद्दामा अरू पाँच जनालाई सातदेखि १५ वर्षको सजाय सुनाइएको छ । 'आरोपितले धेरै पीडितलाई फकाएर र धम्क्याएर बनाएको सामग्री व्यापक रूपमा वितरण गरेका छन्,' सोलको एउटा अदालतले भनेको योन्हाप समाचारसंस्थाले जनाएको छ। जोले बालबालिकालाई यौन शोषणबाट जोगाउने कानुन उल्लङ्घन गरेको तथा नाफा कमाउन आपत्तिजनक भिडिओ बनाउने र बेच्ने आपराधिक गिरोह सञ्चालन गरेको ठहर जिल्ला अदालतले गरेको थियो।

धाकधम्की दिएर हात पारेका भिडिओहरू उनको गिरोहले टेलिग्राम एपका गोप्य च्याटरूममार्फत् बेच्थ्यो। यो मुद्दाले दक्षिण कोरियामा ठूलो आक्रोश उत्पन्न गराएको थियो। पचास लाख मानिसले आरोपितको नाम गोप्य नराख्न आग्रह गर्दै हस्ताक्षर गरेपछि गत मार्च महिनामा प्रहरीले २५ वर्षीय जोको नाम सार्वजनिक गरिदिएको बीबीसीले जनाएको छ । 

 



Related News


यसमा तपाइको मत


Comments