07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ७ लाख पुग्यो




विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ७ लाख पुग्यो

काठमाडौं, ११ मंसिर । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ६ करोड ७ लाख ८२ हजार ५७४ पुगेको छ । संक्रमितमध्ये ४ करोड २० लाख ८१ हजार ९१७ जना उपचारपछि निको भएका छन् । वर्ल्डोमीटरका अनुसार कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या १४ लाख २७  हजार  ८९५ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ करोड ७२ लाख ७२ हजार ७६२ जना रहेका छन् ।
अमेरिकामा कुल संक्रमित १ करोड ३१ लाख ३९ हजार ८८२ जना पुगेको छ । २ लाख ६८ हजार २६२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ७८ लाख ८ हजार ५९ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५० लाख ६३ हजार ५६१ जना रहेका छन् ।
भारतमा कोरोना संक्रमितको संख्या ९२ लाख ६६ हजार ७०५ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ३५ हजार २६१ पुगेको छ । ८६ लाख ७९ हजार १३८ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ५२ हजार ३०६ जना रहेका छन् ।
 ब्राजिलमा ६१ लाख  ६६ हजार ८९८ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ७० हजार  ७९९ को मृत्यु भएको छ । ५५ लाख १२ हजार ८४७ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ८३ हजार २५२ जना रहेका छन् ।
रुसमा २१ लाख ८७ हजार ९९० जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३८ हजार ६२ जनाको मृत्यु भएको छ । १६ लाख ८५ हजार ४९२ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ६४ हजार ४३६ जना रहेका छन् ।
फ्रान्समा २१ लाख ७० हजार ९७ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ५० हजार ६१८ जनाको मृत्यु भएको छ । १ लाख ५६ हजार ५५२ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १९ लाख  ६२ हजार ९२७ जना रहेका छन् ।



Related News


यसमा तपाइको मत


Comments