14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

भारतीय विदेश सचिवले राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटे




भारतीय विदेश सचिवले राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटे

काठमाडौं  ११ मंसिर ।  नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गरेका छन् । बिहीबार साँझ शितल निवासमा श्रृंगलाले राष्ट्रपति भण्डारीसँग भेट गरेका छन् ।

भेटमा नेपाल भारत सम्वन्ध र दुईपक्षीय हितका विषमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा ओली र श्रृंगलाविच शिष्टाचार भेट भएको थियो । भेटमा दुई पक्षीय हित, आपसी सहयोग आदान प्रदान, नेपाल–भारतबीच उत्पन्न समस्या समाधान लगायतका विषयमा कुरा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

दुई दिने भ्रमणका लागि काठमाडौं आएका भारतीय विदेश सचिव श्रृंगला भोलि गोरखा र मनाङमा भारतीय सहयोगमा निमार्ण भइरहेको घर र गुम्बाको अवलोकन गर्न जाने कार्यक्रम रहेको छ । शृङलाले शुक्रबार नै कूटनीतिज्ञ एवं अन्तर्राष्ट्रिय मामिला जानकारलाई काठमाडौंमा सम्बोधन गर्ने कार्यक्रम पनि छ । उनी शुक्रबार नै स्वदेश फर्कनेछन । गतवर्ष जनवरीमा पदभार सम्हालेयता विदेश सचिव श्रृङगलाको यो पहिलो नेपाल भ्रमण हो ।

 




यसमा तपाइको मत


Comments