11 Baishak, 2081 / 23 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

युरोपा लिग फुटबलः आर्सनल नकआउट चरणमा 




युरोपा लिग फुटबलः आर्सनल नकआउट चरणमा 


एजेन्सी । युरोपा लिग फुटबलमा आर्सनल अन्तिम ३२ अर्थात नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा जित निकालेर उसले अघिल्लो चरणका लागि स्थान पक्का गरेका हुन् ।

समूह बी अन्तर्गत भएको खेलमा आर्सनलले मोल्डेलाई ३–० ले पराजित गरेको हो । आर्सनलको जितमा निकोलास पेपे, रिइस नेल्सन र फोलारिन बालोगुनले गोल गरेका हुन् । जितपछि चार खेलबाट १२ अंक बनाएको आर्सनलले अन्तिम ३२ मा स्थान बनाउने पक्का भएको छ ।

समूह जे अन्तर्गत भएको खेलमा लुडोगोरेट्स राज्ग्राडलाई ४–० ले पराजित गरेको टोटनह्यामले पनि नकआउट चरणमा स्थान बनाउने अवस्थामा पुगेको छ । टोटनह्यामका लागि अल्भेस मोराइजले दुई तथा विन्क्स र लुकास मौउराले एक–एक गोल गरे । जितपछि उसले ९ अंक बनाएको छ । 



Related News


यसमा तपाइको मत


Comments