13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

गुल्मी जीप दुर्घटनामा थप एक जनाको मृत्यु, मृतकको संख्या ६ पुग्यो(अपडेट)




गुल्मी जीप दुर्घटनामा थप एक जनाको मृत्यु, मृतकको संख्या ६ पुग्यो(अपडेट)


गुल्मी, १२ मंसिर । गुल्मी जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । जिल्लाको इस्मा गाउँपालिकामा शुक्रबार बिहान भएको जीप दुर्घटनामा घाइते भएका तीन जनामध्ये इस्मा गाउँपालिका ४ का १९ वर्षका फर्सुराम थापाको उपचारका लागि तम्घास ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो । 
दुर्घटनामा मृत्यु हुनेमा इस्मा गाउँपालिका ४ का ६५ वर्षका डम्बरबहादुर धिताल, ३३ वर्षका चित्रबहादुर दर्लामी, ३० वर्षका वसन्त दर्लामी, ३३ वर्षका धनबहादुर अछामी र मालीका गाउँपालिका ५ का ८० वर्षकी सुन्दरी थापा रहेका छन् । 

लु १ ज ११६६ नम्बरको जीप इस्मा गाउँपालिका ४ अन्तर्गत हुलबाट सदरमुकाम तम्घासतर्फ आउने क्रममा बिहान हुलको स्कुल नजिकै दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका २८ वर्षकी सरस्वती दर्लामी र २६ वर्षका कमल धिताङको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 



Related News


यसमा तपाइको मत


Comments