14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

१० लाख रुपैयाँ बिगो माग गर्दै विद्युत प्राधिकरणका इञ्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा 




 १० लाख रुपैयाँ बिगो माग गर्दै विद्युत प्राधिकरणका इञ्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा 


काठमाडौं, १२ मंसिर । नेपाल विद्युत प्राधिकरण हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना कार्यालयका प्रमुख ईश्वरीप्रसाद जैसवालविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जैसवालसँग १० लाख रुपैयाँ बिगो र सजाय माग गर्दै शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
जैसवाल प्रसारण लाइनभित्र रुख कटानको ढुवानी तथा घाटगद्दीको रकम भुक्तानी दिँदा सेवाग्राहीसँग घुस मागेको आरोपमा पक्राउ परेका थिए।
अनुसन्धानको क्रममा जैसवालले उक्त आयोजनाबाट विभिन्न मितिमा प्रकाशित सूचनाअनुसार प्रसारण लाइनभित्र पर्ने रूख कटान गरी ढुवानी तथा घाटगद्दी गरेबापतको रकम भुक्तानी माग गर्दा आफ्नो पद, ओहोदा र अधिकारको दुरूपयोग गरी घुस लिएको देखिन आएको अख्तियारको दाबी छ।




यसमा तपाइको मत


Comments