13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

स्वास्थ्य मन्त्रालयले भन्यो, ‘महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराऊ’ 




स्वास्थ्य मन्त्रालयले भन्यो, ‘महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराऊ’ 

काठमाडौं, १२ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन निर्देशन दिएको छ।
सहप्रवक्ता समिरकुमार अधिकारीले शुक्रबार विज्ञप्ति निकालेर कोरोना महामारीमा खटिने सबै कर्मचारीलाई यथाशीघ्र जोखिम भत्ता उपलब्ध गराउन आग्रह गरेका हुन्।

आज बसेको नेपाल सरकार सचिवस्तरको निर्णयअनुसार भन्दै उनले जोखिम भत्ता उपलब्ध गराउन निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख गरेका छन्।
जोखिम भत्तासमेत समावेश गरी असोज मसान्त सम्मको ६६ करोड ८७ लाख ४५ हजार रूपैयाँ रकम निकासा भइसकेको मन्त्रालयले जनाएको छ।

यस्तै कात्तिक महिनाको रकम भुक्तानीको क्रममै रहेको मन्त्रालयले जनाएको छ। 

हेर्नुहोस् विज्ञप्ति




यसमा तपाइको मत


Comments