15 Chaitra, 2080 / 28 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

द फष्ट जेनेरेशन कन्सल्टेन्सीद्वारा २० हजार एन ९५ मास्क निःशुल्क वितरण




द फष्ट जेनेरेशन कन्सल्टेन्सीद्वारा २० हजार एन ९५ मास्क निःशुल्क वितरण

काठमाडौं, १२ मंसिर । द फष्ट जेनेरेशन कन्सल्टेन्सीले २० हजार एन ९५ मास्क निःशुल्क वितरण गरेको छ । काठमाडौंस्थित बागबजारमा मुख्य कार्यालय रहेको कन्सल्टेन्सीले काठमाडौं विभिन्न क्याम्पमा कक्षा १२ को परीक्षा दिईरहेका विद्यार्थीहरुलाई उक्त माक्स निःशुल्क वितरण गरिएको संस्थाका प्रबन्ध निर्देशक विष्णु ढुङ्गानाले जानकारी दिए । 

कक्षा १२ को परीक्षा दिन आएका विद्यार्थीहरु लक्षित गरेर काठमाडौंको विभिन्न क्याम्पसहरुमा गएर संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त मास्क वितरण गरिएको संस्थाका सञ्चालक दिपक थापाले जानकारी दिए । 


कोभिड १९ को संक्रमण दर बढीरहेको बेला परीक्षा भईरहेको हुँदा विद्यार्थीहरुलाई सुरक्षित राख्नको लागि मास्क वितरण गरेको पनि उनले बताए ।  लिवरपुल कलेजमा कक्षा १२ को परीक्षा दिँदै गरेकी छात्रा चाहाना जिटीले कन्सल्टेन्सीले विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै निःशुल्क रुपमा मास्क वितरण गरेको भन्दै खुशी व्यक्ति गरिन् । 

कन्सल्टेन्सीले नेपाली रजिष्ट्रर्ड नर्सहरुलाई अष्ट्रेलिया, युकेको लागि नर्सिङ रजिष्ट्रेशन नेपालबाट नै डाइरेक्ट रजिष्टे«शनको काम गर्दै आईरहेको छ । यसका लागि ओइटी कक्षा सञ्चालन गर्दै आईरहेको छ ।

पछिल्लो समय विदेशमा उच्च शिक्षा अध्ययनका लागि अष्टे«लिया, जापान र युरोपका मुलुकहरुमा पढ्न जाने विद्यार्थीहरुलाई परामर्श दिँदै आएको कन्सल्टेन्सी विगत ५ वर्षदेखि काठमाडौंको बागबजारस्थित एभरेष्ट बैक रहेको भवनको चौथो तल्लामा सञ्चालित छ । यसको शाखा कार्यालय पोखरा, चितवनमा समेत रहेको छ । कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुको लागि कन्सल्टेन्सीले IELTS/PTE को तयारी कक्षाको लागि ५० प्रतिशत छुट् दिने समेत बताएको छ ।

 




यसमा तपाइको मत


Comments