15 Chaitra, 2080 / 28 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

जबरजस्ती शारीरिक सम्पर्क गराउन लगाउने खाजाघरका सञ्चालक पक्राउ 




जबरजस्ती शारीरिक सम्पर्क गराउन लगाउने खाजाघरका सञ्चालक पक्राउ 


काठमाडौं, १२ मंसिर । पोखरामा महिलालाई जबरजस्ती शारीरिक सम्पर्क गराउन लगाउने खाजाघरका सञ्चालक पक्राउ परेका छन्।    
जिल्ला प्रहरी कार्यालय, कास्कीले काभ्रे पाँचखाल घर भई पोखरा महानगरपालिका–९ जाल्पारोड बस्ने ३४ वर्षीय सञ्चालक केशव भुजेललाई पक्राउ गरेको हो। 

प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए। भुजेलले एक महिलालाई सुरूमा विभिन्न प्रलोभन देखाई आफ्नो खाजा घरमा काम गर्न लगाएका थिए। ती महिलालाई उनले खाजा, नास्ता वितरण गराउने काम दिएका थिए।

तर केही दिनपछि नै उनले आफ्नो खाजाघरमा आउने ग्राहकहरूसँग पैसा लिएर शारिरिक सम्पर्क गर्न लगाएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए।  उनका अनुसार भुजेलले ती महिलालाई डर, त्रास देखाइ, धम्की दिई जबरजस्ती शारीरिक सम्पर्क गर्न लगाएका थिए। 

त्यस्तै अन्य होटलहरूमा समेत पठाइ यौन शोषण गराएको भन्ने जाहेरी आएपछि प्रहरीले भुजेललाई पक्राउ गरेको हो।  प्रहरीले पीडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाएको छ। भुजेलमाथि प्रहरीले मानव वेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। 
 




यसमा तपाइको मत


Comments