08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

लमजुङमा दाइँ साहित्य(फोटोफिचर)  




लमजुङमा दाइँ साहित्य(फोटोफिचर)  

लमजुङ, १२ मंसिर । लमजुङमा शुक्रबार दाइँ साहित्य सम्पन्न भएको छ । नेपाली साहित्यमा नयाँ प्रयोग गर्ने उद्देश्यले हिमालचुली कला साहित्य प्रतिष्ठान लमजुङ र चिति साहित्य समाजको आयोजनामा बेसीशहर नगरपालिका–११ बरबोटफाँटमा नवौँ दाइँ साहित्य सम्पन्न भएको हो । दाइँ सहित्यमा राष्ट्रिय तथा जिल्लास्तरीय साहित्यकार किरण बराल, वसन्त अधिकारी, आनन्द घिमिरे, तेजनारायण अधिकारी, शिव जोशी, अमृता पौडेललगायत साहित्यकारले कोरोना र दाइँसम्बन्धी गीत, कविता र गजल सुनाएका थिए । 
 त्यस्तै लोक तथा दोहोरी प्रतिष्ठान लमजुङका अध्यक्ष अनुज अधिकारी र स्थानीय महिला आमा समूहबीच कोरोनासम्बन्धी दोहोरीसमेत प्रस्तुत गरिएको थियो । दाइँको खला साहित्यकार र साहित्यानुरागीको जमघटले साहित्यमय भएको थियो ।     
 साहित्यलाई किसानको चासोको विषय बनाउने तथा तिनका दुःख, पीडा र कर्मलाई तिनकै कर्मथलोमा सुनाउनुपर्छ भन्ने उद्देश्य लिएर कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष बेनबहादुर सुयलले बताए । चिती समाजका अध्यक्ष स्थिरबाबु घिमिरेले साहित्यको शुरुआत मेलापात, खेतीकिसानी, रोपाइँ–दाइँ जस्ता कृषि कर्म तथा विवाहव्रतबन्ध जस्ता धार्मिक तथा सांस्कृतिक पर्वमा भएको जनाउँदै आफूहरुले साहित्यलाई किसानको घरदैलो र खेतबारीसम्म पु¥याई तिनको मनोबल बढाउने काम गरेको बताए ।  स्थानीयवासी कृषक लवराज जोशीको खलामा भएको दाइँ साहित्यको नगर प्रमुख गुमानसिंह अर्यालले उद्घाटन गर्दै यस्ता कार्यक्रमले परम्परा जोगाउने तथा साहित्य र कला सिर्जनाको संरक्षणमा टेवा पुग्ने बताए । 

तस्बिरमा हेर्नुहोस् 

 

 




यसमा तपाइको मत


Comments